ओलावालेको पाँच गोलसहित मछिन्द्रको फराकिलो जित

डिसी नेपाल
२८ चैत २०७९ १६:४७
2.0k
Shares

काठमाडौं। साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ।

च्यासल मैदानमा मंगलबार मछिन्द्रले एफसी खुमलटारबिरुद्ध ७–३ गोलको फराकिलो जित निकालेको हो। मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे।

विमल घर्ति मगर र विजय भुजेलले एक एक गोल गरे। खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए। मछिन्द्रको यो तेस्रो जित हो। मछिन्द्रले ८ खेलमा १२ अंक जोडेको छ। खुमलटारले ८ खेलमा ७ अंक जोडेको छ।

त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराउँदै आर्मीले तेस्रो जित निकालेको छ। आर्मीको जितमा जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक एक गोल गरे।

जावलाखेलका सुनिल खड्काले एक गोल फर्काए। जितसँगै आर्मीले ८ खेलमा १२ अंक जोडेको छ। जावलाखेलले ८ खेलमा १४ अंक जोडेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *