म्यानचेस्टर सिटीले हरायो म्युनिखलाई
काठमाडौँ। युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको छ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा मंगलबार राति भएको खेलमा सिटीले म्युनिखलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे।
यो जितसँगै सिटीले च्याम्पियन्स लिगका सेमिफाइनलमा पुग्ने सम्भावना बनाएको छ। म्युनिखलाई सेमिफाइनलमा पुग्न दोस्रो लिगमा कम्तीमा ४–० को जित आवश्यक छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment