दोल्ती पावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?
काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको यस आईपीओमा लगानीकर्ताले आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन पाउने छन्।
कम्पनीले चैत २८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० लाख ७२ हजार ९७२ कित्ता बिक्री खुला गरेको हो। कम्पनीले जारी गरेको आईपीओमध्ये १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। बाँकी सेयरमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
यसमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment