त्रिशूली ३ ‘ए’ सुरुङमा उद्धार टोलीको निरन्तर प्रयास, लेदो र भग्नावशेष पन्छाएर भित्र छिर्ने तयारी

डिसी नेपाल
१३ भदौ २०८३ २२:२५

काठमाडौं । बाढीका कारण रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ।

सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो र भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने कामलाई तीव्र रूपमा जारी राखेको छ।

एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारहरूको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ।

​नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उच्च प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको छ। प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बाबजुद संयुक्त टोलीले सुरुङको मुख खोलेर उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास गरिरहेको छ।

​सुरुङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोली भित्र प्रवेश गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *