नयाँ वर्षको पहिलो कारोबार दिन घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
३ वैशाख २०८० ११:१४
284
Shares

काठमाडौँ। २०८० सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

गत चैत ३० गते (बिहिबार) प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते पनि चाँदीको स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *