नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
३ वैशाख २०८० ११:३८
220
Shares

काठमाडौँ।  नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। चैत ३० गते (बिहिबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ६.९२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँको ८ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ३४ हजार ५५० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.४२१ प्रतिशतले हुन आउने १ करोड ९५ लाख ३८ हजार ६६१ रुपैयाँ नगद लाभांश छन्। साथै, ६.५ प्रतिशतले हुन आउने ३० करोड १६ लाख २८ हजार ७१ रुपैयाँ नगद लाभांश पनि वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *