तीन कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
आइतबारको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था, मैलुंग हाइड्रोपावर र कलिञ्चोक दर्शनको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीन वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।
आदर्श लघुवित्तको सेयर भाउ १ सय ३० रुपैयाँले बढेर १ हजार ४ सय ३० रुपैयाँ ७० पैसा र मैलुंग हाइड्रोपावरको सेयर भाउ १५ रुपैयाँ ५० पैसाले बढेर १ सय ७० रुपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, कलिञ्चोक दर्शनको सेयर भाउ ५० रुपैयाँ १० पैसाले बढेर ५ सय ५१ रुपैयाँ ९० पैसा पुगेको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment