सामान्य अंकले घट्यो नेप्से, ९७ करोड ४५ लाखको कारोबार

डिसी नेपाल
३ वैशाख २०८० १५:१६
56
Shares

काठमाडौं। नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार सेयर सामान्य अंकले घटेको छ। आइतबार नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२६ अङ्कले घटेर ३७७.७३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ४५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल्स अग्रिम स्थानमा छ। यसको आज ३ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआईसी एशिया बैंक र शिभम् सिमेन्टको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसुचकमध्ये ४ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको आदर्श लघुवित्त र मोलुंग हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एशियन हाइड्रोपावर र सगरमाथा जलबिद्युतका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *