११ वैशाखदेखि थ्रीस्टार हाइड्रोपावरको आईपीओ आउँदै

डिसी नेपाल
४ वैशाख २०८० ९:५०
256
Shares

काठमाडौँ। थ्रीस्टार हाइड्रोपावरको आईपीओ बैशाख ११ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबर ४ लाख ९२ हजार ५०० कित्ताको आईपीओ स्थानीय बासिन्दाका लागि र १५ प्रतिशतले हुन आउने  ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ सर्बसाधारणका लागि जारी हुने भएको छ।

स्थानीय बासिन्दाका लागि जारी गर्ने आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँबराबरको ७३ हजार ८७५ कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा भने स्थानीयले ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ७३ हजार ८७५ कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेकाले वैशाख २५ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द पनि छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ९ गते बैंकिङ समयपछि बन्द हुनेछ।

स्थानीयाले खोटाङमा रहेका सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको साइट कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *