ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
४ वैशाख २०८० १०:३२
588
Shares

काठमाडौँ। ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी कुनाल कयालको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिमा संस्थापक सेयरधनीहरु कुनै खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *