हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
४ वैशाख २०८० १०:५१
908
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *