प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार
काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ। नेप्से परिसुचकमा ०.१५ अंकले बढेर १९३१.८३ विन्दुमा आएको छ।
यससँगै ६ कम्पनीको १६० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २१ हजार ६४१ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ। र एक कम्पनी स्थिर रहेको छ।
यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र २ कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment