अमेरिकी डलरको भाउ बढ्दा युरोमा भने झिनो सुधार

डिसी नेपाल
५ वैशाख २०८० ८:२७
340
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। लगातार दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार १९ पैसाले बढेको छ। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २७ पैसा कायमम गरिएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४० पैसा कायम गरिएको थियो।

मंगलबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ १४ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९७ पैसामा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८८ रुपैयाँ १५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३७ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरिएको छ।

मंगलबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७३ पैसामा पाइनेछ।

उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२७ रुपैयाँ २८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २४ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६८ पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *