नेप्से परिसूचक ३.०७ अंकले घट्यो, ८७ करोडको सेयर कारोबार

डिसी नेपाल
५ वैशाख २०८० १५:१५
48
Shares

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ अङ्कले बढेर ३६३.०४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड ४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा प्रभु बैंकको प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज ५ करोड २६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै शिभम् सिमेन्ट र नेष्डो समृद्धको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसुचकमध्ये ३ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कलिञ्चोक दर्शन र मोलुंग हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, खप्तर्ड लघुवित्त र आदर्श लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *