देवकोटाले सबैलाई नचाए
अमेरिका। इन्ल्यान्ड एम्पाएर नेप्लीज वेल फेयर सोसाइटीको सेल्भेन पार्कमा भएको सासंकृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। लोक दोहोरी गायक कृष्ण देवकोटाले आफ्ना चर्चित गीत गाउदा सबै नाचेर साथ दिएका थिए।

वाणिज्यदूत रिसी ढकालको मुख्य अतिथी एनआरएन क्यालीफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, सल्लाहाकार रामचन्द्र लामिछाने विशेष आतिथ्यता रहेको थियो। कार्यक्रम संस्थाका अध्यक्ष सुशील चौगाइँको अध्यक्षतामा भएको थियो।

वालवालिका र स्थानीय कलाकारले थप रोचक बनाएका थिए। अध्यक्ष सुशील चौगाइँ र संचारकर्मी मिलन न्यौपानेको समेत बिशेष प्रस्तुती रहेको थियो। कार्यक्रममा पाँच सयजनाको उपस्थिति रहेको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment