लमजुङका स्थानीय तहका २२ करोड बेरुजु, यस्ताे छ पालिकाका बेरूजु

डिसी नेपाल
६ वैशाख २०८० ८:५६
104
Shares

लमजुङ। लमजुङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष २२ करोड ५ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ।

महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/ ७९ मा लमजुङका ८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको ९ अर्व ६४ करोड १२ लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव २८ प्रतिशत बेरुजु देखिएको हो।

संघीय सरकार अनुदान, प्रदेश सरकार अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य आय गरी ६ शीर्षकको बजेटको लेखा परीक्षण गरिएको थियो।

प्रतिवेदन अनुसार प्रतिशतको आधारमा सबैभन्दा बढी राइनास नगरपालिकामा ४ दशमलव ११ प्रतिशत बेरुजु रहेको पाइएको छ। राइनासमा १ अर्ब ३९ करोड ३८ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो।

सवैभन्दा कम प्रतिशतको आधारमा मरस्याङ्दीमा ० दशमलव ७२ प्रतिशत बेरुजु देखिएको छ। मरस्याङदी १ अर्ब ३ करोड ९२ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ७५ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ।

क्व्होलासोंथार गाउँपालिकामा ७१ करोड ७४ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ६ प्रतिशत अर्थात २ करोड १९ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ। दोर्दी गाउँपालिकामा १ अर्ब २० करोड २३ लाख ९५ हजार बजेटको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ४१ प्रतिशत अर्थात ४ करोड ९ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ।

दूधपोखरी गाउँपालिकामा ७८ करोड २ लाख ९९ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ३३ प्रतिशत अर्थात १ करोड ८१ लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार मध्यनेपाल नगरपालिकामा १ अर्ब ४५ करोड ५ लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ०४ प्रतिशत अर्थात २ करोड ९५ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको छ।

सुन्दरबजार नगरपालिकामा १ अर्ब ५१ करोड ४१ लाख ३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा २ करोड ८० लाख ५७ हजार रुपैयाँ अर्थात १ दशमलब ८५ प्रतिशत बेरुजु देखिएको छ। बेंसीसहर नगरपालिकामा १ अर्ब ५४ करोड ३४ लाख ६० हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा १ करोड ६९ लाख ९७ हजार रुपैयाँ अर्थात १ दशमलव १ प्रतिशत बेरुजु देखिएको छ।

आर्थिक वर्ष २०७७/ ७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु दखिएको थियो। कार्यान्वयमा रहेको कूल ७ अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव ९५ प्रतिशत रकम बेरुजु देखिएको थियो। आव २०७६/०७७ मा लमजुङका ८ वटा स्थानीय तहमा ७ अर्ब ३६ करोड ३६ लाख ४१ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ३ दशमलव ३५ प्रतिशत अर्थात २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु निस्किएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *