विनिमय दर : अमेरिकी डलरको भाउ बढ्दा युराेकाे भने घट्याे
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको भाउ बुधबार पनि बढेको छ। बुधबार डलरमा ११ पैसाले वृद्धि भएको छ। यसअघि मंगलबारप १९ पैसाले डलरमा वृद्धि भएको थियो। बुधबार एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरो ८ पैसाले घटेको छ। बुधबार युरो एकको खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। मंगलबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४० पैसा कायम गरिएको थियो।
बुधबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ५० पैसाले बढेको हो। सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ११ पैसामा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ २६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ।
बुधबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ।
उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ एक पैसा तोकिएको छ।







डिसी नेपाल







Facebook Comment