जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय

डिसी नेपाल
६ वैशाख २०८० १०:३७
196
Shares

काठमाडौँ। सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे हाे।

भू–उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको र यससँगै ‘भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पनि स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यस व्यवसायमा कित्ताकाट रोकिंदा लगानी गर्नेहरुको अर्बौं रुपैयाँ फसेको छ। घरजग्गा व्यवसायमै मन्दी आएको, यसको असर समग्र अर्थतन्त्रमै परेको आशंका गरिएको छ। कित्ताकाट खुला गरेपछि कारोबार सहज हुनेछ। यसअघि नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *