प्रि-ओपन सेसन नेप्से १.६४ अंकले घट्याे
काठमाडौं। प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ। नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा आएको छ।
यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ।
यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र ४ कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment