१५.१३ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८५ अङ्कले बढेर ३६५.९० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज ८ करोड ८३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नबिल बैंक र एनआइसी एशिया बैंकको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसुचकमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसुचक बढेर हरियाली छाएको छ। आजको कलिञ्चोक दर्शन र मोलुंग हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आदर्श लघुवित्त र ग्लोबल आईएमइ ब्यालेन्स फण्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment