ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब ३५ करोड

डिसी नेपाल
७ वैशाख २०८० ११:३७
1.8k
Shares

काठमाडौँ। ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो गत वर्षको यहि अवधिको तुलनामा १६.९६ प्रतिशतले धेरै हो। गत वर्षको यहि अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ४३ करोड रुपैयाँ मात्र रहेको थियो। यस्तै, बैंकको सञ्चालन नाफा ५ अर्ब १७ करोडरुपैयाँबाट बढेर ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

यो तेश्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ अर्ब ६ करोड रुपैयाँ रहेको छ।

बैंकको खुद नाफा बढे पनि प्रति सेयर आम्दानी भने घटेको छ। बैंकको प्रति सेयर आम्दानी ३ रुपैयाँ ८० पैसाले घटेर १७ रुपैयाँ ०८ पैसामा खुम्चिएको छ। गत वर्ष बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ८८ पैसा रहेको थियो। पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा रहेको विवरणमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *