नेपाल बैंकको तेश्रो त्रैमास : खुद नाफासँगै घट्यो प्रति सेयर आम्दानी
काठमाडौँ। नेपाल बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा १८.७२ प्रतिशतले काम हो। गत वर्षको यहि अवधिमा बैंकले २ अर्ब १९ करोड रुपैयाँ कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ३७.२० प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १४.९७ प्रतिशतले घटेको छ। गत वर्ष ४ अर्ब ७३ करोड रुपैयाँ कमाएको बैंकले यस वर्ष बढाएर ६ अर्ब ४९ करोड रुपैयाँ पुर्याउन सफल भएको छ। यता, सञ्चालन नाफा भने २ अर्ब ६१ करोड रुपैयाँबाट घटेर २ अर्ब २२ करोड रुपैयाँमा सिमित रहेको छ।
यो चैत मसान्तसम्म बैंकले २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। हाल बैंकको चुक्तापुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषको आकार भने १७.२६ प्रतिशतले बढेको छ। जगेडा कोष १७ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २० अर्ब ६७ करोड रुपैयाँको उचाइमा पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ४.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल २.०६ प्रतिशतमा सीमित थियो।
बैंकको खुद नाफासंगै प्रति सेयर आम्दानी पनि घटेको छ। बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ३० पैसाले घटेर १६ रुपैयाँ १७ पैसामा सिमित बनेको छ। पीई रेसियो १६.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ९७ पैसा रहेको विवरणमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment