माई खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौँ। माई खोला हाइड्रोपावरको आईपीओ आज (वैशाख ८ गते)देखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ। यस आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आईपीओ बिक्री गरिसकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्काशन गर्न लागेको छ।
कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागेको हो।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment