एनआईसी एसिया बैंकको ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। एनआईसी एसिया बैंकको ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। यस अनुसार लगानिकताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
यस लिलामी सेयरमा यही वैशाख १५ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। आवेदन काठमाडौँको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment