सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
८ वैशाख २०८० १०:५४
296
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदी मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर बिहिबार कायम रहेको मूल्य १ हजार ४ सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *