घोराही सिमेन्ट इन्डस्ट्रीले पायो आईपीओ जारी गर्ने अनुमति

डिसी नेपाल
८ वैशाख २०८० ११:२२
124
Shares

काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्काशन अनुमति दिएको हो।

कम्पनीको यस आईपीओमा सर्बसाधारणले ४३५ रुपैयाँ तिर्नुपर्नेछ। यसमा कम्पनीले ३३५ रुपैयाँ प्रिमियम थप गरेको छ।

यसैगरी कम्पनीले स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता आईपीओ जारी गर्नेछ। स्थानीयले भने यो आईपीओमा प्रतिकित्ता ४०० रुपैयाँ तिर्नुपर्नेछ। स्थानीयका लागि कम्पनीले ३०० रुपैयाँ प्रिमियम थप गरेको छ।

यस आइपिओमा निष्काशन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *