९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

डिसी नेपाल
८ वैशाख २०८० १४:१७
276
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ।

राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ। जसअनुसार तोकेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरीवानामा परेका छन्।

राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक (हाल प्रभु बैंक) लाई २ करोड ८४ लाख रुपैयाँको जरिवाना तिराएको हो। यसैगरि, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ, सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ, कृषि विकास बैंक ६९ लाख ५८ हजार रुपैयाँ र हिमालयन बैंक ७१ लाख ७२ हजार रुपैयाँ कारवाहीमा परेका छन्।

राष्ट्र बैंकका अनुसार सम्पति शुद्धीकरण सम्बन्धी ऐन निर्देशन उल्लंघन गरेको राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ नगद जरिवाना गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *