काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

डिसी नेपाल
८ वैशाख २०८० २२:५३
496
Shares

काठमाडौं। काठमाडौंको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ। आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *