धौलागिरि आधार शिविरमा सामान पुर्याएर फर्कने क्रममा भरिया बेपत्ता
पोखरा। धौलागिरि हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन्। धौलागिरि आधार शिविरवाट समान पुर्याएर फर्किने क्रममा भरिया अमृत राई बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथलाका २० वर्षीय राई हिमपातमा परी बेपत्ता भएको खबर प्राप्त भए पछि खोजी कार्य जारी राखिएको छ।
धौलागिरि आधार शिविरमा सामान पुर्याएर फर्किने क्रममा भारी हिमपात भएको र सो हिमपातमा परी राई बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ। धौलागिरि हिमालमा हिउँपहिरो गएको र सोही हिउँ पहिरोमा परी उनी बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको छ।
शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment