मान्छे मार्ने बाघलाई राखियो चिडियाखानामा

डिसी नेपाल
१० वैशाख २०८० २०:५५
804
Shares

काठमाडौं। कञ्चनपुरको बेलौरीबाट नियन्त्रणमा लिइएको बाघलाई ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ।

९ वैशाखमा बेलौरी नगरपालिका–पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखानास्थित बाघ खोरको होल्डिङ कोठामा राखिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले दिएको जानकारी अनुसार पोथी बाघ अन्दाजी पाँच वर्षको रहेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुसार शुक्लाफाँटा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ सदर चिडियाखाना ल्याएको हो । यो बाघले ८ वैशाखमा पचुईकी ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो।

घटनाको २२ घन्टापछि मात्र बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघविज्ञ डा. दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभाष श्रेष्ठसहितले हात्ती परिचालन गरी डार्ट गरेर नियन्त्रणमा लिएका थिए । चन्द मृत फेला परेकी थिइन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *