मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बाेलाइयाे

डिसी नेपाल
११ वैशाख २०८० ७:१७
248
Shares

चितवन। चितवन-२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाइएको छ। आचारसंहिता उलंघनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजैदेखि नै सुरु हुने पर्ने मतगणना हुन सकेकाे थिएन।

आज सर्वदलीय बैठकबाट सहमति खाेजेर मतगणना सुरु गर्न लागिएकाे हाे। निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाइएको छ। सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ) ले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो। सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.