बारा-२ मा सर्वदलीय बैठक जारी, केही बेरमा मतगणना सुरु हुँदै
बारा। हिजो हुन नसकेको बारा-२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ। हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन। हिजो हुन नसकेको बैठक आज सुरु भएको हो।
जारी सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना सुरु गर्ने तयारी भएकाो छ। मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुनेछ।
बारा-२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment