बारा-२ मा साढे १२ बजेबाट गणना थालिने

डिसी नेपाल
११ वैशाख २०८० १२:१२
424
Shares

बारा। प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा-२ को मतगणना साढे १२ बजेदेखि थालिने भएको छ।

हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय ११ बजेबाट गनिने टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

तर सबैदलका प्रतिनिधि आइनसेकोका कारण अझै केही समय लाग्ने बताइएको छ। बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान भएको प्रजिअ सापकोटाले बताए।

बारा-२ मा ६५ प्रतिशत मत खसेको थियो। त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *