लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत, भने ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको लागि काम गरे’

डिसी नेपाल
११ वैशाख २०८० १३:१३
200
Shares

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत मागेका छन्। प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत मागेका हुन्।

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन्। उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुन: विश्वासको मत मागेका हुन्।

प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दावी गरेका छन्।

‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’ विश्वासको मत माग्दै उनले भने, ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *