दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण

डिसी नेपाल
११ वैशाख २०८० २२:४९
184
Shares

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको आज थप स्वास्थ्य परीक्षण गरिएको छ ।

उपचारमा संलग्न सम्बन्धित चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको स्वास्थ्य उपचार बुधबारदेखि छैटौँ दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.