बारा-२ मा उपेन्द्र यादवकाे फराकिलाे अग्रता कायमै

डिसी नेपाल
१२ वैशाख २०८० ६:२३
3.1k
Shares

बारा। बारा क्षेत्र नं. २ मा उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो विवरणअनुसार जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमै राखेका छन्।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७ सय ७१ मत प्राप्त गरी यादवलाई पछ्याइरहेका छन्।

एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १ सय ७४ मत प्राप्त गरेका छन्।

बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ। आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.