आदिपुरुषको प्रमोसनमा हुने छैनन् सैफ
मुम्बई। निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’मा रावणको भूमिका निभाउने अभिनेता सैफ अली खान मेबाट सुरु हुने फिल्मको प्रचारमा नहिँड्ने भएका छन्। प्रमोसनको सबै काम प्रभासले गर्ने भएपछि सैफ पछि हटेका हुन्।
फिल्म स्रोतका अनुसार प्रमोसनको योजना सानो तरिकाले गरिनेछ। फिल्म युनिटले प्रभासलाई नै लक्षित गर्दै प्रमोसनको कार्यक्रम बनाएको छ। प्रमोसनका लागि मे महिनामा आफू तयार रहने प्रभासको योजना अनुरुप प्रमोसन तालिका पनि बनाइएको छ।
सैफ मेमा पत्नी करिना र दुई छोरा तैमूर तथा जेहका साथ बिदा मनाउन जाँदैछन्। यहीकारण फिल्मको प्रमोसनमा उनी हिस्सा हुने छैनन्। सैफले आफ्नो विवादास्पद फिल्मी चरित्रबारे उठ्ने प्रश्नबाट बच्नका लागि रणनीति बनाएको उनी निकटले दाबी गरेका छन्।
यो फिल्म गत जनवरीमा रिलिज हुने तयारमिा थियो। तर फिल्मको टिजर रिलिज हुनासाथ यसको आलोचना सुरु भयो । त्यसपछि निर्माताले यसको रिलिज मिति सारेका थिए। कतिपयले फिल्मको भीएफएक्स पुनः गर्नुपर्ने भएकाले पनि रिलिज सारिएको बताएका थिए।
यो फिल्म अब जुनमा रिलिज हुँदैछ। फिल्ममा प्रभासका अलावा कृति सेनन, सनी सिंहीको पनि अभिनय छ । यो फिल्म बलिउडको ठूलो बजेटको फिल्ममध्ये एक हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment