लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त
काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
उनको नियुक्त यही वैशाख १८ गतेदेखि लागू हुनेछ भने कार्यकाल ४ वर्षको हुनेछ। हाल श्रेष्ठ संस्थाको नायब महाप्रबन्धकका रुपमा कार्यरत छन्।
हाल संस्थाको सीईओ प्रकाशराज शर्मा रहेका छन्। उनको कार्यकाल यही वैशाख १७ गतेबाट समाप्त हुँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment