‘हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई

डिसी नेपाल
१४ वैशाख २०८० ७:३३
3.6k
Shares

काठमाडौँ।नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन्।

बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गरेका छन्।

“मैले यो सपनाको कल्पना गरेको थिइन्। हामीजस्ता प्रतिभालाई मञ्च दिनुभयो। यसलाई हामीले सदुपयोग गरेका हौँ”, उनले भने। विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे।

प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता घोषित भए। उनले रु तीन लाख नगदसहित पुरस्कार प्राप्त गरे। यस्तै क्षेत्री सेकेण्ड रनरअपअर्थात् तेस्रो घोषित हुँदै रु दुई लाखसहित अन्य पुरस्कार प्राप्त गरे।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *