हिमाल दोलखा हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्ने अनुमति
काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्तापुँजीको ७५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।
कम्पनीले १ः.०.७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँबराबरको हकप्रद जारी गर्न लागेको हो। कम्पनीको यस हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रवन्धकको काम लक्ष्मी क्यापिटल मार्केले गर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment