सुर्योदय वोमी लघुवित्तको सेयरमा मूल्य समायोजन, कति पुग्यो भाउ?

डिसी नेपाल
१४ वैशाख २०८० ११:४९
164
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ। लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको १५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि लघुवित्तको सेयर मूल्य ६ सय २ रुपैयाँ ६१ पैसा कायम भएको छ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन भएको थियो। अघिल्लो कारोबार दिन (बुधबार) लघुवित्तको सेयर प्रतिकित्ता ६ सय ९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। नयाँ मूल्यलाई आधार मानेर आज लघुवित्तको सेयर कारोबार खुल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *