२.२७ अंकले घट्यो नेप्से, ७३ करोड ९६ लाखको कारोबार

डिसी नेपाल
१४ वैशाख २०८० १५:०९
48
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले घटेर ३६१.०९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एभरेष्ट बैंकको अग्रिम स्थानमा छ। यसको आज ७ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नबिल बैंक र  शिभम् सिमेन्टको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा सिटिजन म्युचुअल फण्ड र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र एनएमबि ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *