अर्जेन्टिनाको ठूलो घोषणा, चिनियाँ आयात अब डलरमा होइन युआनमा हुने

डिसी नेपाल
१४ वैशाख २०८० १७:२५
996
Shares

काठमाडौं । अर्जेन्टिनाले अब चीनबाट खरिद गर्ने सामानको भुक्तानी डलरको सट्टा चिनियाँ मुद्रा युआनमा गर्ने घोषणा गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अर्जेन्टिनाले देशको घट्दो डलर सञ्चितिलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो ।

एजेन्सीका अनुसार सरकारी विज्ञप्तिमा अप्रिल महिनामा अर्जेन्टिनाले चिनियाँ आयातको करिब एक अर्ब डलर युआनमा भुक्तान गर्ने लक्ष्य राखेको छ ।

यो भुक्तानी पछि, युआनमा चीनबाट लगभग ७९० मिलियन डलरको मासिक आयात पनि हुनेछ।

चिनियाँ राजदूत सु सियाओलीसँगको भेटपछि अर्जेन्टिनाका अर्थमन्त्री सर्जियो मासाले यस निर्णयको कारण डलरको अभावलाई हटाउनु भएको बताए ।

अर्जेन्टिनामा खडेरीका कारण कृषिजन्य वस्तुको निर्यातमा तीव्र गिरावट आएका कारण यसको डलर रिजर्भ कमजोर भएको बेला यो निर्णय गरिएको हो ।

गत वर्ष नोभेम्बरमा, अर्जेन्टिनाले आफ्नो अन्तर्राष्ट्रिय सञ्चिति बढाउन चीनसँग ५ अर्ब डलर साटासाट गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *