अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१५ वैशाख २०८० ९:१२
11.2k
Shares

काठमाडौँ। शुक्रबार अमेरिकी डलर भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा तोकिएको छ। बिहिबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ बढेको छ। युरोपियन युरो भाउ खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०१ पैसा रहेको थियो। बिहिबार युरोपियन युरोको भाउ खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा, अष्ट्रेलियन डलर एकको खरिद ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९३ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७८ पैसा र विक्रीमा ९ रुपैयाँ ८३ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २७ सा र बिक्रीदर २९ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *