फिल्म ‘तेजाब’को रिमेकमा रणवीर आउट, कार्तिक इन

डिसी नेपाल
१५ वैशाख २०८० १२:५३
2.8k
Shares

मुम्बई। सन् ९० को दशकको फिल्म ‘तेजाब’को रिमेक हुने भएको छ। सन् १९८८ मा रिलिज यो फिल्मको रिमेक भर्सनमा स्टारकास्ट परिवर्तन भएको छ। यसअघि फिल्ममा जाह्नवी कपूर र रणवीर सिंहको जोडी देखिने चर्चा चलिरहँदा अब फिल्ममा रणवीरको स्थानमा कार्तिक आर्यनको प्रवेश भएको छ।

फिल्म ‘कबीर सिंह’का निर्माता मुराद खेतानीले सन् २०२१ मा फिल्मको रिमेक अधिकार लिएका थिए। उनी सुरुमा फिल्ममा कार्तिक र श्रद्धा कपुरलाई लिन इच्छुक थिए। तर, फिल्ममा माधुरी दिक्षित र अनिल कपुरको स्थान जाह्नवी र रणवीरले मात्र लिन सक्ने देखिएपछि प्रमुख कलाकार छनोटको काम सकिएको थियो। अहिले भने मुरादले रणवीरको स्थानमा कार्तिकलाई लिने निर्णय लिएका छन्।

कार्तिकले यसअघि निर्माताहरुसँग ‘भूल भुलैया २’मा काम गरिसकेका छन्। त्यसकारण पनि निर्माताहरु कार्तिकको कामप्रति ढुक्क छन्। पछिल्लो समयमा कार्तिकको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। सोही कारण पनि कार्तिक निर्माताको नजरमा परिरहेका छन्।

कार्तिकले ‘तेजाब रिमेक’का निर्मातासँग अर्को फिल्मका लागि कुराकानी गरिरहँदा निर्माताहरु रिमेकमै कार्तिकलाई अभिनय गराउन इच्छुक देखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *