जिया खान आत्महत्या प्रकरणमा सुरजलाई सफाइ

डिसी नेपाल
१५ वैशाख २०८० १३:३४
5.2k
Shares

मुम्बई। अभिनेत्री जिया खान आत्महत्या मुद्धामा सिबीआईको विशेष अदालतले शुक्रबार अभिनेता सुरज पन्चोलीलाई निर्दोष भन्दै सफाइ दिएको छ। अदालतले अभिनेत्री जियालाई अभिनेता सुरजले आत्महत्या गर्न उक्साएको भनी लगाएको आरोपको प्रमाण नपुगेका भन्दै उनलाई सफाइ दिएको हो।

अदालतले आदेश सुनाउँदा सुरज अदालतको कोठामा उपस्थित थिए। सुरजमाथि जियाकी आमा राबिया खानले छोरीलाई आत्महत्या गर्न उकासेको आरोप लगाएकी थिइन्। जियाले सन् २०१३ को जुन ३ मा फ्ल्याटमा आत्महत्या गरेकी थिइन्।

अदालतले घटनाको १० वर्षपछि फैसला सुनाएको हो। जियाकी आमाको उजुरीपछि अभिनेता र जियाका प्रेमी सुरजलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले जियाको घरबाट ६ पृष्ठको सुसाइड नोट फेला पारेको थियो। नोटमा जियाले सुरजसँगको बिग्रिएको सम्बन्धले आफू चिन्तित रहेको उल्लेख गरेकी थिइन्।

अभिनेता सुरज अभिनेता आदित्य पन्चोली र अभिनेत्री जरीना वहाबका छोरा हुन्। सुरजकी आमा तथा अभिनेत्री जरीनाले छोरा निर्दोष रहेको बताउँदै आएकी छन्।

जियाले १८ वर्षको उमेरमा रामगोपाल वर्माको फिल्म ‘निशब्द’बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्ममा अमिताभ बच्चनको पनि अभिनय थियो। यो फिल्मपछि उनी आमिर खानको ब्लबबस्टर फिल्म ‘गजनी’मा अभिनय गरिन्। उनको अन्तिम फिल्म अक्षय कुमार स्टारर ‘हाउसफूल’ थियो। ‘गजनी’ र ‘हाउसफूल’ दुबैले बक्सअफिसमा सय करोड बढी व्यापार गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *