‘वैदेशिक रोजगार बचतपत्र’ बिक्री गर्दै राष्ट्र बैंक

डिसी नेपाल
१५ वैशाख २०८० १३:५५
852
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८५ ’ बैशाख १७ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। वार्षिक ११ प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकले जेठ १७ गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने जेठ २४ गते तोकिएको छ। बैंकले घटीमा १० हजारदेखि बढीमा १० हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

सो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त एवम् परिवारले खरिद गर्न पाउनेछन्।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ। बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६/६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ। साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *