मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुँदै

डिसी नेपाल
१६ वैशाख २०८० ६:५६
1.0k
Shares

काठमाडौं। त्रिभुवन विश्वबिद्यालयको खेल मैदानले एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको तीन वर्ष पछि मुलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको छ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानले सन २०२० मा सो मान्यता पाएको थियो। सो मान्यतासँगै आज मुलपानी मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त सेमिफाइनल खेल हुनेछन्।

जारी एसिसी प्रिमियर कपको आज हुने ओमान र युएई बीचको सेमिफाइनल खेलसँगै मुलपानीमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुन लागेको हो। युएई ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ जित र १ हारका साथ ६ अंकका साथ समुह ए बाट उपबिजेता बन्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो।

नेपाल क्रिकेट संघका अनुसार सेमिफाइनलमा पुगेका ओमान र युएई एकदिवसीय मान्यता प्राप्त देश भएकाले दुई बीच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुने भएसँगै मुलपानी मैदानले ओआइडी मान्यता प्राप्त गरेको हो।

यसअघि मुलपानीमा समूह चरणका १० खेलवटा खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन्। तर शनिबार एकदिवसीय मान्यता प्राप्त दुई देश सेमिफाइनलमा भिड्ने भए सँगै मैदानले पनि एकदिवसीय मान्यता पाएको क्यानले जनाएको छ।

मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो। यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *