नेपालको खेल वर्षाले अवरुद्ध, युएइले ओमनलाई दियो २३७ रनको लक्ष्य
काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत आज नेपाल र कुवेतबीच जारी पहिलो सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउँदा पानी परेपछि खेल अझैसम्म अवरुद्ध छ ।
उता मूलपानीमा भइरहेको अर्को सेमिफाइनल भने जारी छ । मूलपानीमा जारी दोस्रो सेमिफाइनलमा युएइले ओमनलाई जितको लागि २३७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइ ४९.२ ओभरमा २३६ रनको स्कोरमा अलआउट भएको हो ।
युएइका लागि कप्तान मुहम्मद वसीमले सर्वाधिक ४८ रन बनाए । रमीज शहजादले ४६, आसिफ खानले ३४, बसिल हम्मिदले ३४ रन, आर्यन लाकराले २५, वृत्या अरविन्दले १८ रन बनाए ।
ओमनका लागि जीसन मकसूदले ४ विकेट लिए । बिलाल खानले ४ र आयन खानले २ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment