अमेरिकी डलरको भाउमा सामान्य गिरावट
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ। शुक्रबार १२ पैसाले बढेको अमेरिकी डलर आइतबार दुई पैसाले घटेर एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २५ पैसा कायम गरिएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरो ८१ पैसाले घटेको छ। आइतबार युरो एकको खरिददर १४३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २० पैसा कायम गरिएको छ। शुक्रबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ एक पैसा कायम गरिएको थियो।
आइतबार बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो.
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९६ रुपैयाँ १० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ एक पैसा कायम गरिएको छ।
आइतबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ भने मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसामा पाइनेछ।
उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२६ रुपैयाँ ७ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८ पैसा तोकिएको छ।







डिसी नेपाल







Facebook Comment